Contact Us

Send Us a Message

Frequently Asked Questions

फोटोग्राफी सिकेर निम्न फाइदा हरु हुन सक्छन
१. तपाइले फोटोग्राफी लाइ पेशा को रुप मा अगाडी बडाउन सक्नुहुन्छ किनभने यो पेशा सम्मान जनक पनि छ र पैसा पनि त्यत्तिनै मात्रा मा छ
२. मान्छे का धेरै शोख हरु हुन्छन त्यो मध्ये फोटोग्राफी पनि पर्दछ , तपाईले आफ्नो शोख लाई पुरा गर्ने मौका पाउनु हुन्छ
३. कुनै पनि business गर्नुहुन्छ भने आफ्नो product वा service को फोटो तयार गरेर सामाजिक संजाल मा राख्न सक्नुहुन्छ यसले तपाइको धेरै खर्च लै बचत पनि गर्दछ किनकि फोटो खिच्ने काम अरु लाइ दिदा महँगो पर्न जाने हुन्छ।

नेपाल मा फोटोग्राफी ब्यबसाय दिन प्रतिदिन बढिरहेको छ. तपाइले यो क्षेत्र मा निम्न काम गर्न सक्नुहुन्छ
१. अहिले हरेक बिहे मा professional फोटोग्राफर को माग छ. त्यसको साथ साथै ब्रतबन्ध, पास्नी ,birthday , गुन्योचोली , लगाएत सामाजिक कार्य हरु मा फोटोग्राफर को माग छ
२. तपाइले studio खोल्न सक्नु हुन्छ। Studio मा passport फोटो खिच्ने , wedding फोटो खिच्ने गर्न सक्नु हुन्छ साथै album, फोटो frame हरु बेच्ने पनि गर्न सक्नु हुन्छ 
३. तपाई fashion photographer बन्न सक्नुहुन्छ, मोडेल हरु ले आफ्नो पोर्टफोलियो को लागि photoshoot गर्नु पर्ने हुन्छ साथ साथै विभिन्न fashion clothing store र fashion designer ले पनि आफ्नो ड्रेस हरुको लागि catalogue photoshoot गर्नु पर्ने हुन्छ र एउटा shoot को १० देखि ४० / ५० हजार सम्म पर्न जान्छा
४. तपाइले food photography गर्न सक्नु हुन्छ हरेक रेस्टुरेन्ट तथा होटेल ले आफ्नो मेनु बनाउन र सामाजिक सन्जाल मा राख्न को लागि राम्रो फोटो खिच्नु पर्ने हुन्छ
५. हरेक business ले आफ्नो सामान को website तथा सामाजिक संजाल मा राख्न को लागि photoshoot गर्नु पर्ने हुन्छ।
६. photo पत्रकारिता को काम गर्न सक्नु हुन्छ। अहिले धेरै मात्र मा online मेडिया हरु खुलेका छन
७. रेस्टुरेन्ट तथा क्लब मा फोटोग्राफर भएर काम गर्न सक्नु हुन्छ

समग्र मा भन्नु पर्दा यदि तपाई संग राम्रो skill छ भने यो क्षेत्र मा खाली बस्नु पर्ने हुदैन

हामीले हाम्रो ब्रान्ड भ्यालु लाइ एकदमै महत्व दिन्छौ। हामी गुणस्तरीय ट्रेनिंग दिन को लागि एकदम प्रतिबद्द छौ त्यसैले हामी कहाँ पढाउने सम्पूर्ण ट्रेनर हरु professional र experienced हुनुहुन्छ। वहा हरु बिगत ५/६ बर्ष देखि यहि फोटोग्राफी मा लाग्नु भएको छ।

यदि तपाइले पहिले नै क्यामेरा किनी सक्नु भको छ भने ठिकै छ तपाई संग जुन क्यामेरा छ तेइ लिएर सिक्न आउनुस। होइन भने तपाइले पहिले सिक्नुस अनि मात्र क्यामेरा किन्नुस। किनभने धेरै साथी हरु जसले पहिले नै क्यामेरा किन्नु भको छ वहा हरु यहाँ ट्रेनिंग लिइ सकेपछि पछुताउनु हुन्छ। वहा हरु भन्नु हुन्छ यदि मलाई यो कुरा थाहा भएको भए त अर्कै क्यामेरा किन्थे अथवा अर्कै लेन्स किन्थे भन्नु हुन्छ। यदि तपाई संग क्यामेरा छैन भने हामी तपाई लाइ सिकुन्जेल क्यामेरा उपलब्ध गराउछौ।

यहि क्यामेरा बेस्ट छ वा यहि क्यामेरा किन्नुस भन्ने एकदम गारो कुरा हो. क्यामेरा कस्तो किन्ने भन्ने कुरा तपाइको Budget , कस्तो फोटोग्राफी तपाइले ले गर्ने भन्ने उदेश्य, भबिस्य मा कसरि अगाडी बढ्ने भन्ने कुरा लगाएत धेरै कुरा मा भर पर्छ। त्यसैले यहि क्यामेरा किन्नुस भन्न यहाँ गारो हुन्छ। त्यसको लागि हाम्रो अफिस मा आउनुस तपाइको सबै कुरा बुझेर एस्तो क्यामेरा किन्नुस भन्ने कुरा हामी ले तपाई लाइ भन्छौ। यो बापत तपाई लाइ कुनै शुल्क लाग्दैन र हाम्रो ट्रेनिंग मा भर्ना हुन पर्छ भन्ने पनि हुदैन.

हाम्रो यो बाहेक अरु कुनै शाखा छैन